logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ


अंकुरण खबर
884
Shares

सुन जस्तो देखिने करिब ४८ सय ४० ग्राम अर्धठोस पदार्थसहित चिनियाँ नागरिक झाङ ली पक्राउ परेका छन् ।

राहदानी नम्बर इजे०२४८१३१ बाहक ३६ वर्षीय झाङ लीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

हिमालय एयरको उडानद्वारा काठमाडौं आएका उनलाई अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराइभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा चारवटा पोकामा भित्री पोसाकभित्र लुकाई ल्याएको पदार्थ फेला परेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।