logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पछिल्लो २४ घण्टामा देशभर ५२१ जना कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु


अंकुरण खबर
754
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १० हजार ११५ जनाको स्वाब परीक्षण गर्दा ५२१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ८९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार ९३५ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ ।

हाल देशभर २२ हजार ५८४ सक्रिय संक्रमित छन् ।