logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आगोमा जलेर बृद्धको मृत्यु


अंकुरण खबर
897
Shares

सर्लाहीको शंकरपुरमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ ।

बागमती नगरपालिका-८, शंकपुरका ६६ वर्षीय रामआशिष साहको आगोमा जलेर सोमबार बिहान ज्यान गएको हो ।

आफ्नै घरको आगनमा आगोले जलिरहेका अवस्थामा साह फेला परेका थिए । शरीरमा आगोमा दन्किरहेको देखेपछि छिमेकीले तत्कालै पानी हालेर आगो निभाएको बताएका छन् ।

आगो निभाए पनि साहको भने घटना स्थलमै ज्यान गएको थियो । आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको छिमेकी रामप्रवेश पण्डितले बताए । साह परिवार घरका केही सदस्यसहित आइतबार राति घरमै सुतेका थिए ।

मृतक साहको केही समय पहिलेदेखि शरीरको एउटा साइड प्यारालाइसिस रहेको परिवारको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख डिएसपी उमाशंकरप्रसाद यादवले बताए ।