सुनको भाउ सोमबार स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँया कायम भएको छ ।
आइतबार छापावाल सुन तोलाको ९५ हजार पाँच सय रुपैँयामै कारोबार भएको थियो ।
यसैगरी,सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ ।
आइतबार एक हजार ३००रुपैँयामा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।