logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
559
Shares

बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धन बहादुर चौधरी रहेका छन् ।

उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ साढे ६ बजे अन टेष्ट लेखिएको जेसीबीमा ठोकिएको थियो ।