logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुसहरहरूलाई सिपयुक्त बनाउन नगरपालिकाद्वारा अन्तर्क्रिया


अंकुरण खबर
923
Shares

त्रियुगा नगरपालिकाले विपन्न तथा पिछडिएका मुसहर समुदायलाई पेशा परिर्वतन गरी आर्थिक उपार्जनमा संलग्न गराउने अभियान थालेको छ ।

उनीहरूको रुचि अनुरुपको सिप उपलब्ध गराउने उदेश्यले नगरपालिकाले अभियान सुरु गरेको हो ।

नगरपालिकाद्वारा आयोजित अन्तरक्रियामा मुसहर समुदायले जीविकोपार्जनका बारेमा नगरप्रमुख बलदेव चौधरीसँग खुलेर कुराकानी गरेका छन् । अन्तरक्रियामा सहभागीहरूले व्यवसायिक सीप र ज्ञानको माग राखेका थिए ।

मुसहर समुदायका अगुवाहरूले नगरप्रमुख बलदेवसँग अगरबत्ती बनाउने, सिलाई कटाई, दालमोठ भुजिया बनाउने, मोटरसाइकल मर्मत, ग्रिल बनाउने तालिम तथा तरकारी, पशुपालनसम्बन्धी तालिमको माग राखेका छन् । उनीहरूले आयआर्जनमुलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग पनि गरेका छन् ।

सदा समुदाय ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिरहेका छन् । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसाबले सो समुदाय पछाडि पारिएको समुदाय हो ।

जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सदा समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि टाढा छन् । उनीहरुको आर्थिक उर्पाजन गरी गर्न सकिन्छ कि भनेर अन्तरक्रिया गरेको नगर प्रमुख चौधरीले बताए ।