logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज


अंकुरण खबर
754
Shares

सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मंगलबार बस्दैछ।

यसअघि तीन दिन बैठक बसेको थियो ।

पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसो ३ बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता प्रकानशशरण महतले जानकारी दिए ।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजको बैठकमा धारणा राख्नेछन् ।

नेताहरुको धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बैठक आज सकिँदैछ ।

कांग्रेसले गत १४माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन् ।