logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिरहामा २८ केजी गाँजासहित तीन जना पक्राउ


अंकुरण खबर
1.053K
Shares

सिरहाको गोलबजार नगरपालिका–१ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ ।

ठकुरीले घरमा गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले सोमबार घर तलासी गरेको थियो ।

तसासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २–०१–००३ प। ५२ १७ नम्बर र स।५ प १०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।