logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी पास गर्न सबै दलले सहयोग गर्ने कांग्रेस उपसभापति गुरुङको विश्वास


अंकुरण खबर
1.144K
Shares

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिनिधि सभामा मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसीसी) टेबल भएको खण्डमा पारित गर्न सबै दलले सहयोग गर्ने विश्वास लिएका छन् ।

मंगलबार न्युज कारखानासँग कुरा गर्दै उपसभापति गुरुङले प्रमुख प्रतिपक्षी एमालेसहित सदनमा रहेका अन्य राजनीतिक दलले नैतितकता प्रदर्शन गरेर एमसीसी पारित गर्न सहयोग गर्ने बताए ।

‘एमसीसी प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको दललाई यसलाई पारित गर्ने उत्तरदायित्व पनि हुन्छ होला’ गुरुले भने ।

एमसीसी प्रस्ताव तत्कालीन केपी शर्मा ओलीको नेतृत्वको नेकपाको सरकार हुँदा संसद सचिवालयमा दर्ता भएको थियो । नेकपा अहिले विभाजित भएको छ । त्यससमय नेकपामा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वका दलहरुले अहिले एमसीसीको बिरोध गरिरहेका छन् भने एमालेले कुनै निर्णय गरेको छैन ।

सत्तारुढ नेपाली कांग्रेसले भने एमसीसीलाई पारित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने विश्वास लिएको बताएका छन् । तर भोलिको सम्भावित कार्यसूचीमा भने एमसीसी राखिएको छैन ।