logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज पहाडी क्षेत्रमा हल्का वर्षाकाे सम्भावना


अंकुरण खबर
1.092K
Shares

मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ । दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाकाे आँकलन छ । साेही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।