नेपाल कम्युनिष्ट पार्टीसहित ६ दल र दुई मोर्चाले आह्वान गरेको नेपाल बन्दका कारण अर्घाखाँचीमा यातायात र बजार ठप्प बनेका छन् ।
सरकारले एमसिसी संसद्मा टेबल गर्ने तयारी गरेपछि सत्ता बाहिर रहेकामध्ये कम्युनिस्ट पार्टी र मोर्चाले बन्द आह्वान गरेका हुन् ।
बन्दका कारण अर्घाखाँचीबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् । बजार तथा उद्योगधन्दा पूर्ण रुपमा बन्द छन् ।
बन्दकर्ता सन्धिखर्क बजारका चोकचोकमा निस्किएका छन् ।