logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा टिपर दुर्घटनामा एकको मृत्यु, चालकसहित तीन जना घाइते


अंकुरण खबर
468
Shares

उदयपुरको उदयपुरगढी गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

बालुवा-गिट्टी बोकेको स १ क १९० नम्बरको टिपर मंगलबार राति उदयपुरगढी गाउँपालिका-७ हाडेवास चिउरीवासमा दुर्घटना हुँदा स्थानीय उज्वल खपाङगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका खपाङगीको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

टिपरको ब्रेक फेल भइ भएको दुर्घटनामा चालक सप्तरीको कल्याणपुरका उमेशकुमार चौधरी, उदयपुरगढी गाउँपालिका(७ का युवराज खपाङगी र सोही ठाउँका भरत खपाङगी घाइते भएका छन् । चालकको अवस्था गम्भीर रहेको डिएसपी गौतमले जानकारी दिए ।

करेन्ट लागेर एकको मृत्यु

उदयपुरमा आफ्नै घरमा बिजुली बत्ति मर्मत गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिका-७ का ६० वर्षीय बलबहादुर लावतीको उपचारको क्रममा मृत्यु भएको हो ।