logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा १६ सय घट्यो सुनको मूल्य


अंकुरण खबर
1.547K
Shares

सुन भाउमा बुधबार गिरावट आएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामा एक हजार ६ सय रुपैयाँ मूल्य घटेको छ ।

बुधबार छापावाल सुन तोलाको ९५ हजार एक सय रुपैँयाँ कायम भएको छ । मंगलबार छापावाल सुन तोलाको ९६ हजार सात सय रुपैँयामा कारोबार भएको थियो ।

यसैगरी, बुधबार तेजाबी सुन तोलाको ९४ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलमा ३५ रुपैँयाले घटेको छ । मंलबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार दुई सय ८५ रुपैयाँ निर्धारण भएको छ ।