logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एसको रणनीतिः एमसीसी सकेसम्म टेवल गर्न नदिने, टेवल गरे विपक्षमा मतदान गर्ने


अंकुरण खबर
559
Shares

नेकपा एस (एकीकृत समाजवादी) अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विपक्षमा उभिने भएको छ ।

सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ ।

सरकारले एमसीसी टेवल गरे विक्षमा उभिने निर्णय नेकपा एसले गरेको हो ।

‘सकेसम्म टेवल गर्ने वातावरण बनाउन दिदैनौं । यदि टेवल भए विपक्षमा मत हाल्छौं । राष्ट्रभन्दा ठूलो सत्ता र गठबन्धन होइन,’ नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले पनि एमसीसी टेवल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी (जसपा), नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ ।

सत्तारुढ दलहरुमध्ये एमसीसीको पक्षमा नेपाली कांग्रेस मात्र देखिएको छ ।