logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्युत लाइन विस्तार छिटो सक्न मन्त्री सिंहको निर्देशन


अंकुरण खबर
780
Shares

विद्युत लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत प्राधिकरणलाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंहले निर्देशन दिएका छन् ।

चार बर्षअघि ठेक्का लगाएका काम अहिलेसम्म पूरा नभएको भन्दै मन्त्री सिंहले तत्काल ति काम अगाडि नबढाए कडा कदम चाल्ने चेतावनी दिए ।

कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादवलाई मन्त्री सिंहले कार्यकक्षमा बोलाएर जाजरकोट लगायत जिल्लाको समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

चार वर्षअघि लागेका ठेक्काको काम बैशाखसम्म पूरा गर्न निर्देशन आएको जाजरकोटका प्रमुख अविशेकराज कलुवारले बताए । पहुँचको भरमा ठेक्का लिँदै, बीचमा अलपत्र पार्दै गरेका कारण जाजरकोटमा विद्युत लाइन विस्तारमा समस्या देखिएको छ ।