६ दल र दुई मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको असर हिमाली जिल्ला मनाङमा परेको छैन ।
बेसीशहर चामे सडकअन्तर्गत चल्ने सवारीसाधन निर्वाध चलेका छन् भने पसलसमेत खुलेका छन् ।
बन्दको समयमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।