logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस महोत्तरीको विवादित क्षेत्रको अधिवेशन ८ फागुनमा


अंकुरण खबर
936
Shares

नेपाली कांग्रेस महोत्तरीको विवादित वडा र क्षेत्रको अधिवेशन ८ फागुनमा हुने भएको छ ।

विवादका कारण स्थगित भएको मनरासिस्वा नगरपालिका-८, बल्वा नगरपालिका र क्षेत्र नम्बर ३ को अधिवेशन ८ फागुनमा निर्वाचन प्रक्रियावाट टुंगो लगाउने तय भएको हो ।

निर्वाचन कहाँ गराउने भन्ने विषय विवाद बढेपछि क्षेत्र नम्बर ३ को अधिवेशन पटक(पटक बिथोलिँदै आएको थियो । एक पक्षको पिपरामा गराउनुपर्ने अर्को पक्षको जलेश्वर गराउनुपर्ने अडानको कारण अधिवेशन स्थगित बन्दै आएको थियो ।

अब भने पिपरा गाउँपालिकास्थित रामनारायण विद्यालयको प्राङ्गणमा निर्वाचन गर्ने दुवै पक्षबी सहमति भएको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।