logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा खेतीयोग्य जमिनमा धमाधम घर बनाइँदै


अंकुरण खबर
1.222K
Shares

जुम्लामा कर्णाली राजमार्गको ट्रयाक खुलेसँगै खेतीयोग्य जमिन मासिन थालेपछि चिन्ता जनाउन थालिएको छ ।

राजमार्ग खुलेसँगै सहरीकरणको नाममा खेतीयोग्य जमिनमा घर बनाउन थालिएको हो ।

मार्सीधान खेती गर्ने जमिनमा अहिले ठूल्ठूला घर निर्माण गरिएको छ । राजमार्ग खुलेपछि आफूले पाँच मुरीभन्दा बढी धान फल्ने खेत बेचेको चन्दननाथ नगरपालिका ७ कि तारा थापाले बताइन् ।

उनका अनुसार खेतीयोग्य जमिन मासिन थालेपछि रैथाने अन्न बाली बचाउन कठिन भएको उनले बताइन् । खेतीयोग्य जमिनमा अहिले बसपार्क, ग्यारेज, ट्रायल सेन्टर बनेका छन् ।