logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ


अंकुरण खबर
1.235K
Shares

ज्यान मार्ने उद्योग तथा चोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा चोरी गरेका थिए ।

घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराले २०५८ वैशाख २ गते उनलाई ५ वर्ष कैद सजाय फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो ।

उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।