logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा चार सयले बढ्यो सुनको मूल्य


अंकुरण खबर
832
Shares

नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।