logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

पछिल्लो २४ घण्टामा देशभर थपिए ४३७ कोरोना संक्रमित, दुई जनाको मृत्यु


अंकुरण खबर
1.43K
Shares

देशभर पछिल्लो २४ घण्टामा ४३७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएकोमा ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।

५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर २ हजार ४५४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई जनाको ज्यान गएको छ ।

हाल देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।