logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु


अंकुरण खबर
455
Shares

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट बालकको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा ६ वर्षीय बालक निमराज चौधरी रहेका छन् ।

लु१९प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर चौधरीको मृत्यु भएको पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीले बताए ।

भैहरवा–भूमही सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।