logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा १०० रुपैयाँले बढ्यो सुनको मूल्य


अंकुरण खबर
676
Shares

सुनको भाउ साताको पहिलो दिन आइतबार प्रतितोलामा १०० रुपैयाँको दरले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्य कायम गरिएको महासंघले जनाएको छ ।