logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिपरले ठक्कर दिँदा आठ वर्षीया बालिकाको मृत्यु


अंकुरण खबर
598
Shares

भक्तपुरको सुडालमा भएको दुर्घटनामा परी एक आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।

चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा इँटाभटामा काम गर्ने विनिता मगरको मृत्यु भएको हो ।

सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा४ख ७३५२ नम्बरको टिपरले पैदलयात्री काभ्रे महाभारत गाउँपालिका-२ घर भई हाल सुडालस्थित इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी आठ वर्षकी मगरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको मृत्यु भएको हो ।

उपचारका लागि ख्वप अस्पताल च्यामासिंह भक्तपुर लगेर प्राथमिक उपचारपछि थप उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा आइतबार सोही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक भक्तपुर नगरपालिक-८ जेला बस्ने २७ वर्षका राजेश कुस्मा र दुर्घटनामा संलग्न सवारीसाधन महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरको नियन्त्रणमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनास्थलमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।