logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्र तनाव ग्रस्त, यातायात अस्तव्यस्त


अंकुरण खबर
1.716K
Shares

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि एमसीसीको विरोधमा प्रदर्शन भएपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको छ ।

एमसीसीको विरोधमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि नयाँबानेश्वर क्षेत्र तनावग्रस्त भएको हो ।  तिनकुने–माइतीघर सडकखण्डमा विभिन्न दलहरूले एमसीसीविरुद्ध प्रदर्शन गर्दा (सवारी साधन) यातायात अस्तव्यस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

नयाँ बानेश्वरमा सडकमै मानिसहरु भेला भएर टायर समेत बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले एमसीसीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

सवारी साधनलाई बिभिन्न स्थानबाट डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाले सवारी साधनका चालकहरुलाई करिडोर र चक्रपथको सडक प्रयोग गर्न सुझाएको छ ।