logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री देउवा संसद भवन पुगे


अंकुरण खबर
1.235K
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक अझै सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । समितिको बैठकपछि संसद बैठक बस्नेछ । सोही बैठकमा सहभागी हुन प्रधानमन्त्री पुगेका हुन् ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरिएको छ । यसको विरोधमा नयाँ बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन भइरहेको छ ।