logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोल्पामा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु


अंकुरण खबर
494
Shares

रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् ।

घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।

चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।

लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा१ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रीत भएर पल्टीएको थियो ।