logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमसीसी संसदबाट पास हुन्छ : कांग्रेस प्रवक्ता महत


अंकुरण खबर
858
Shares

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन हुने बताएका छन् ।

सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गर्दै उनले एमसीसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

डा. महतले एमसीसीको सन्दर्भमा झुटको पर्दाफास भएको र सदनमा पास हुने बताए । ‘सत्तामा हुँदा एउटा र सत्तामा नहुँदा कांग्रेसले अर्को बोल्दैन,’ महतले भने ।

उनले राजनीतिक स्वार्थका आधारमा एमसीसीको गलत प्रचार गरिएको दाबी पनि गरे । कांग्रेस सबैलाई एक साथ लिएर संसदबाट एमसीसी अनुमोदन गराउन केन्द्रित रहेको पनि बताए ।