logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु


अंकुरण खबर
455
Shares

तनहुँमा करेन्ट लागेर सोमबार एक युवकको मृत्यु भएको छ ।

ऋषिङ गाउँपालिका–५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

बन्दीपुर गाउँपालिका–१ रिमाल्निमा पृथ्वी राजमार्गमा बा३क २६९४ नम्बरको एक्साभेटर ग१ख ८२०८ नम्बरको ट्रकमा लोड गर्ने क्रममा नाङ्गो तारलाई छोएर घाइते भएका मगरको उपचारको क्रममा लक्ष्मी सिटी अस्पताल डुम्रेमा मृत्यु भएको तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

घटनाको थप अनुसन्धान भइरहेको उनले बताए । तनहुँमा पछिल्लो समय करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दैछ ।