logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
494
Shares

कपिलवस्तुको बाणगंगा नगरपालिका–११ ओदारीमा सोमबार बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानिय ४० बर्षीय पटहरी थारु रहेका छन् ।

लु ४ प ४३४६ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थारुको उपचारको क्रममा बुटवल स्थित क्रिमशन अस्पतालमा सोमबार राती साढे ९ बजे मृत्यु भएको हो ।

जितपुरबाट तौलिहवा तर्फ जाँदै गरेको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।