logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याउँदै गरेको ९३६ ग्राम सुनसहित बंगलादेशी नागरिक पक्राउ


अंकुरण खबर
481
Shares

भन्सार छलिगरी ल्याउँदै गरेको ९३६ ग्राम अर्धठोस सुन सहित ४७ वर्षीय बंगलादेशी नागरिक मोहम्मद तोफिक उल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।

राहदानी नम्बर ए००२६२२२९ वाहक मोहम्मदलाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा खटीएको प्रहरीले जाँच गर्ने क्रममा पक्राउ गरिएको थियो ।

उनले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा फल्स बटम बनाई र भित्री वस्त्रमा समेत लुकाई ल्याएको सुन फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो ।

सोधपुछको क्रममा उनले उक्त सुन भारतीय नागरिक ४० वर्षीय पारस नाथ साहले ल्याउन लगाएको बताएका थिए । त्यसपछि यू५४४०२८१ नम्बरको राहदानी वहाक पारसलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको  छ ।