logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा देशभर थपिए ४७६ कोरोना संक्रमित, तीन जनाको मृत्यु


अंकुरण खबर
715
Shares

नेपालमा पछिल्लो २४ घण्टामा ४७६ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार ९ हजार ४२४ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ४७६ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ८३१ जनाले संक्रमण जितेका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५३ हजार ४३० पुगेको छ ।

सोही अवधिमा नेपालमा थप तीन संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कूल संख्या ११ हजार ९२८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १० हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् ।