logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

स्थानीय तहको निर्वाचन रोक्न माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


अंकुरण खबर
572
Shares

स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

महोत्तरीस्थित भँगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साहले दायर गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले कारण देखाउ आदेश जारी गरेको हो । रिटमा आगामी वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचन र निर्वाचनसँग सम्बन्धित गतिविधि रोक्न अन्तरिम आदेश माग गरिए पनि श्रेष्ठको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार निर्वाचन आयोगलाई निर्वाचनसँग सम्बन्धित गतिविधि गर्न वाधा नपर्ने भएको छ ।

२०७४ मा ३ चरणमा गरी सम्पन्न भएको स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्दा तेस्रो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिको कार्यकाल ६ महिना अगाडि नै सकिने स्थिति देखिएको र उक्त कुरा संविधानको व्यवस्था प्रतिकूल भएको रिटमा दाबी गरिएको थियो । मेयर साहले वैशाख ३० गते एकै चरणमा निर्वाचन गर्ने निर्णय बदर हुनुपर्ने मागदाबी गरेका थिए ।