logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तुमा कुटपिटबाट ७० वर्षीय वृद्धको मृत्यु


अंकुरण खबर
481
Shares

शिवराज नगरपालिका-३ खगेन्द्रपुरस्थित छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका-६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको छ ।

शिवराज नगरपालिका-३ बस्ने २२ वर्षीय तिलक भण्डाराले घर अगाडि खटियामा सुतेको अवस्थामा फागुन २ गते दाउराले कन्चटमा प्रहार गर्दा घाइते भएका टन्डनको स्थानीय अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाएको छ ।