logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मानसिक समस्या भएकी महिलाको उद्धार


अंकुरण खबर
702
Shares

चन्दननाथ नगरपालिकाको महिला शाखा, तातोपनी गाउँपालिका, स्थानीय प्रशासन र ओसी एमसीले मानसिक स्वास्थ्य समस्या भएकी जुम्लाकी एक महिलाको उद्धार भएको छ ।

करिब एक दशकदेखि मानसिक स्वास्थ्य समस्या भएकी तातोपानी गाउँपालिका-३ लिताकोटकी ३५ वर्षीया लाउरी रोकायाको उद्धार गरिएको हो ।

Avatar

उनी सडकमै बस्दै आएकी थिइन । जिल्ला प्रशासन कार्याल, तातोपानी गाउँपलिका, चन्दननाथ नगरको महिला शाखा र ओसी एमसीको सहयोगमा उद्धार गरी उनलाई कर्णाली प्रदेशको मानव सेवा आश्रममा पठाइएको छ ।

Avatar

आर्थिक अभाव र आफन्त कोही नभएकाले उनको दैनिकी सडकमै बितिरहेको थियो । चन्दननाथ नगरपालिको महिला शाखामा कार्यरत पुष्पा थापा र जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईको पहलमा उनलाई कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको ओसीएमसीले एक महिना १२ दिनसम्म निस्शुल्क उपचार गरेको थियो ।

Avatar

उपचारपछि उनको स्वास्ठथ्यमा केही सुधार भएको छ । समयमै औषधि खुवाउने मान्छे  नभएकाले दीर्घकालिकन व्यवस्थापानको लागि मानवसेवमा आश्रममा पठाइएको हो । गाउँपालिकाले महिलाको  व्यवथापनको लागि एक लाख  रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

Avatar