पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ५ हजार १ सय ३ पिसिआर परीक्षणका क्रममा २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टिजेन परीक्षणका क्रममा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । सोही अवधिमा ९ सय ११ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा १० हजार ९० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।