logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पलविरुद्ध समीक्षाले गराइन जाहेरी दर्ता, जाहेरी लगतै गरिन स्वास्थ्य परीक्षण


अंकुरण खबर
1.014K
Shares

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी छन् ।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो । त्यसपछि उनले तनहुँ प्रहरीमा उजुरी दिएको बताइएको छ ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनले उजुरीमा उल्लेख गरेकी छन् । १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन् ।

शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ । किटानी जाहेरी दर्तासंगै गायिका समीक्षाले मेडिकल चेकअप गरेकी छन् ।