logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रतिनिधि सभा बैठक बस्दै, एमसीसीबारे छलफल हुने


अंकुरण खबर
1.209K
Shares

आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुनेछ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

संसद् सचिवालयका अनुसार कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।

जसमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल रहेको छ। गत आइतबारको बैठकमा सरकारले एमसीसी सम्झौता टेबल गरेको थियो।