logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अझै सुरु हुन सकेन संसद बैठक


अंकुरण खबर
793
Shares

प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन ।

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक निर्धारित समय भन्न्दा आधा घण्टा बढी साढे १ बजिसक्दा पनि सुरु हुन नसकेको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमै प्रतिनिधिसभा बैठकको एजेण्डासहित प्रक्रियाबारे छलफल गर्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक चलिरहेको छ । जस कारण संसद बैठक सुरु हुन नसकेको हो ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा एमसीसीलाई छलफलमा लैजाने तयारी छ ।