logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्ञानोदय क्रिकेट क्लब विजयी


अंकुरण खबर
1.092K
Shares

शनिबारबाट सुरु भएको २१औँ संस्करणको नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा ज्ञानोदय क्रिकेट क्लब विजयी भएको छ ।

रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको डिभिजन बी अन्तर्गतको खेलमा सैनमैना क्रिकेट क्लबलाई नौ विकेटले पराजित गर्दै ज्ञानोदयले जित निकालेको हो ।

टस जितेर सुरुवाती ब्याटिङ रोजेको सैनामैनाले ३१ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो । ११६ रनको लक्ष्य पाएको ज्ञानोदयले १८ दशमलव दुई ओभरमा एक विकेटको क्षतिमा सहजै लक्ष्य पार ग¥यो ।  जसमा सुनील धमला र महेश रानाको अभिजित पारीको योग्दानले सफलता पायोे । धमलाले ७९ र रानाले ३२ रन बनाए । बलिङतर्फ सैनामैनाका सुनील पौडेलले एक विकेट लिए ।

सुरुवाती ब्याटिङमा सैनामैनाका सुनील पौडेलले ३१, विशाल रानाले २७ रन बनाए ।  बलिङतर्फ ज्ञानोदयका विशाल पौडेलले ६, करण विक र सुनील धमलाले दुई दुई विकेट लिए । ज्ञानोदयका विशाल पौडेल म्यान अफ द म्याच भए । बिहीबारको खेल तिलोत्तमा क्रिकेट क्लब र स्टार क्रिकेट क्लबबीच हुने संघका सचिव सञ्जय गुरुङले बताए ।

२०५४ सालदेखि निरन्तर हुँदै आएको नेपालकै एक मात्र सुपरलिग प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका आठ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन् । एकदिवसीय ५०/५० ओभर फर्मेटमा खेलाइने बी डिभिजनका टप हुने टिम ए डिभिजनमा बढुवा हुने गरी प्रतिस्पर्धा गराइनेछ ।

ए डिभिजनका आठ टिम र बी डिभिजनबाट बढुवा भएर आएका चार टिमलाई पुनः चार समूहमा विभाजन गरी लिग खेलाइनेछ । लिगमा टप हुने चार टिमबीच सुपर फोरमा प्रतिस्पर्धा गर्नेछन् भने पुछारमा रहेको टिम अर्को वर्ष बी डिभीजनमा घटुवा हुने छन् ।

यस वर्षदेखि टिमले धेरै खेल खेल्न पाओस् भन्दै सेमिफाइनलको ठाउँमा लिग चरणका प्रमुख टिमले राउन्ड रोबिन लिग खेल्नेछन्, जसबाट उच्च अंक प्राप्त गर्ने दुई टिम बीच फाइनल प्रतियोगिता हुने संघले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । तीन वर्षदेखि मुख्य प्रायोजन गर्र्दै आएको नेपाल टेलिकमले यस वर्ष पनि निरन्तरता दिएको छ ।