logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु


अंकुरण खबर
1.56K
Shares

पछिल्लो २४ घण्टामा तीन सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सात हजार सात सय ४३ जनामा गरिएको परीक्षणमा तीन सय १८ मा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ घण्टामा एक जनाको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, योबीचमा पाँच सय ६२ जना कोरानामुक्त भएका छन् ।

अहिले देशभर नौ हजार ६ सय ७८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयको भनाइ छ ।