एमसीसी, संसदमा जारी गतिरोध अन्त्य लगायतका विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
बिहीबार राति कांग्रेससँगको छलफलका लागि एमाले शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । बैठक पछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले एमसीसीमा अधिकतमक सहमति कायम गर्न राखेको प्रस्तावमा एमाले अध्यक्ष ओलीले पुरानै कुरा राखेको बताए । एमालेले संसदमा राख्दै आएका माग सम्बोधन नभएसम्म नयाँ परिस्थिति नबन्ने धारणा ओली राखेको मन्त्री कार्कीको भनाई थियो । यद्यपि छलफल निरन्तर राख्ने कुरा भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासहितका कांग्रेस नेताहरुबीचको छलफल सकिएको हो ।