नेपालमा अझै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै रहेकाले पूर्ण रुपमा मौसममा सुधार आउन सकेको छैन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार(आज) देशका विभिन्न स्थानमा वर्षाको संभावना रहेको छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा विहान आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ को उच्च पहाडी र हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने र एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी र हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको छ ।