logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिडले रोकिएको फ्री ओपिडी पुनः सुरु गर्दै नर्भिक, यो साता यूरोलोजी टिम उपलब्ध हुने


अंकुरण खबर
793
Shares

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान यो सातादेखि पुनः सुरु हुने भएको छ ।

नर्भिक अस्पतालले कोभिडको तेश्रो लहर सुरु हुनुअघिदेखि विभिन्न विशेषज्ञ चिकित्सकहरुबाट प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवा संचालन गर्दै आएको थियो । सो अभियान कोभिडको तेश्रो लहर सुरु भएपछि केही साता बन्द गर्नु परेको थियो ।

कोभिडको तेश्रो लहरको प्रभाव निकै न्यून भएसँगै नर्भिकले प्रत्येक शनिबारको फ्री ओपिडी सेवालाई पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

यो निर्णयअनुसार भोलि(शनिबार) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्नेछ । यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले सेवा दिनेछ ।

केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा संचालन हुने समय समेत परिवर्तन भएको छ । पहिला बिहान १० देखि १२ बजेसम्म यस्तो सेवा संचालन हुने गरेकोमा अबदेखि भने बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म (२ घण्टा) संचालन हुनेछ ।

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् ।

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ ।