नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवालाई वचन दिएको जीकिर गरेका छन् ।
शनिबार राजधानीमा आयोजित प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले जसरी पनि संसदबाटै एमसीसी पास गराउछौं भनेर बचन दिएको बताएका हुन् । एमसीसीबारे कांग्रेसले आफ्नो पार्टीसँग छलफल तिब्र पारेपछि दाहाल–नेपाल अत्तालिएको आलोको आरोप छ ।
अध्यक्ष ओलीले आफ्नो पार्टीले भने देश र जनताको हितमा त्यसबारे आवश्यक निर्णय लिने दोहोर्याए। उनले गैर सांसदहरूलाई संसदमा राखेर सभामुख अग्निप्रसाद सापकोटाले संसद चलाएसम्म आफूहरूले संसदको कुनै पनि प्रक्रियामा भाग लिन नसक्ने पुनः दोहोर्याए।
अध्यक्ष ओलीले सत्तारूढ दलको सेटिङका कारण न्यायालय दिनप्रतिदिन अविश्वासिलो बन्दै गएको आरोप समेत लगाए ।