logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिना निष्कर्ष सकियो काँग्रेस–एमाले वार्ता, छलफल जारी राख्ने


अंकुरण खबर
1.261K
Shares

नेपाली काँग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीच शनिबार भएको छलफल पनि विना निष्कर्ष टुंगिएको छ ।

संसद्बाट एमसीसी पारित गर्ने र संसद् खुलाउने विषयमा नेताहरुबीच ओली निवास बालकोटमा भएको छलफल बिना निष्कर्ष सकिएको हो । एमालेले पुरानै अडान दोहोर्‍याएका कारण सहमति नजुटेको सरकारका प्रवक्ता तथा काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

नेताहरुबीच सहमति नजुट्दा आइतबार बस्ने संसद् बैठकमा पनि एमालेको बिरोध कायमै रहने छ ।

त्यस्तै बैठक पनि सञ्चारकर्मीसंग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले जबसम्म आफ्ना माग पुरा हुँदैनन् तबसम्म संसद् चल्न नदिने बताए । राष्ट्रिय हित र लोकतन्त्रका बिषयमा छलफल भने जारी राख्ने महासचिव पोखरेलको भनाई थियो ।