रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।
युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो ।
रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ ।
यसैबीच, युक्रेनको राजधानी किभमा भिषण लडाई जारी छ । हिजो राति किभका धेरै ठाउँमा बम विष्फोट भएका छन् भने जनजीवन कष्टकर बनेको छ । रुसको बमबारीबाट त्यहाँका धेरै घर ध्वस्त भएका छन् । रुसी सेनाले युक्रेनको उत्तरपूर्वी सुमी र कोनोटोप सहरहरू घेरेको छ ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनरल इगोर कोनासेन्कोभले आफ्नो सेनाले हालसम्म १७ कमाण्ड सेन्टर, १९ वायुरक्षा मिसाइल प्रणाली, ३९ रडार युनिट, ६७ ट्याङ्क र ६ वटा युद्धविमानसहित दुई सय ११ युक्रेनी सैन्य प्रतिष्ठानलाई ध्वस्त पारेको बताए ।