logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
741
Shares

नेपाल राष्ट्र बैंकले आईबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ १७ पैसा बिक्री दर १२० रुपैयाँ ७७ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३६ पैसा र बिक्री दर १३५ रुपैयाँ तिन पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७८ पैसा र बिक्री दर १६१ रुपैयाँ ५८ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ७५ पैसा र बिक्री दर १३० रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६  रुपैयाँ ५३ पैसा र बिक्री दर ८६ रुपैयाँ  ९६ पैसा  छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ तीन पैसा र बिक्री दर १९ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैँया तिन  पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ८१ पैसा र बिक्री दर ३२ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ  रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ चार पैसा कायम भएको छ ।