logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु


अंकुरण खबर
884
Shares

सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट अनुमोदन गर्ने विषयमा सहमति जुटाउन बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकाप एस (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस नेता कृष्ण सिटौला लगायतका नेता रहेका छन् ।

बैठकअघि एमसीसीको विरोध गर्दै आएको माओवादीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पक्षमा संसदमा मतदान गर्ने निर्णय गरेको थियो । त्यसपछि बैठकमा सहभागी हुन माओवादी अध्यक्ष प्रचण्ड बालुवाटार गएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसीमाथि छलफल हुँदैछ ।

सत्तारुढ गठबन्धन सकेसम्म आज नै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा रहेको छ । यसैमा केन्द्रित भएर बालुवाटार बैठकमा छलफल भइरहेको बुझिएको छ ।