अमेरिका जहाँ जहाँ जान्छ
फुल उखेलेर आगो रोपि दिन्छ !
अमेरिकाले भोजन देखाउदै ।
भोकाहरुलाई कैद बनाको
देखेका छौं हामीले
अरु के देख्नु पर्यो सरकार ?
अमेरिकाले शान्ति र समृद्धि को नाम जप्दै
युद्ध फुलाईरहेको छ !
किन अमेरिका संग लम्पसार पर्दै
मृत्युको भिख माग्नु हुन्छ
भिक्षा मागेर समृद्धि भित्रीने भए
हेर्नुस पसुपतिमा दिनहुँ
भिक्षा माग्नेहरु ले
कहाँ कहाँ उधोग खोलेका छ्न।
यो बुद्ध को तपोभुमिलाई
अफगानिस्थान,युक्रेन बनाउने
दुस्साहस नगर्नुस्
माटो भन्दा शक्तिशाली
यो संसारमा केहि छैन
तपाई हाम्रो स्वाधीनता बेचेर
कुन समृद्धि भित्र्याउनु हुन्छ ।
ओ दुष्ट शासक
नेपाली आमालाई युद्ध को
आह्वान नगर्नुस्
याद रहोस् आज सम्म
आमालाई कसैले पराजित
गर्न सकेको छैन !